परिचय:

रिलायबल माईक्रोफाईनान्स वित्तिय संस्था लिमिटेड, बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०६३ बमोजिम २०६९ साल चैत्र १९ गते कम्पनी रजिष्ट्रार कार्यालयमा रिलायबल फईनान्स लिमिटेडको सब्सिडियरी सस्थाको रुपमा दर्ता भई २०७० जेठ ५ गते लधुवित्त संस्था संचालनको लागी नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र लिई “घ” वर्गको दश जिल्ला कार्यक्षेत्र भएको वित्तिय संस्थाको रुपमा स्थापना भएको हो ।

अभियान:

नेपालको ग्रामिण तथा दुर्गम भेगमा रहेका गरिब तथा अति बिपन्न परिवारबाट उत्पादित बस्तुहरुको समयसापेक्ष बजारभाउ पाउन हाल समाजमा रहेको दलालि प्रथा लाई अन्त्य गर्दै फार्म टु फेमिलीको पाश्चात्य अबधारणालई उपयोगमा ल्याउन समग्र चेनमा बित्तिय सेवाको पँहुच पुर्याउने ।   

परिकल्पना:

समाजमा रहेका गरिब, महिला, जनजाति, पिछडिएका तथा अति बिपन्न बर्गलाई आत्मनिर्भर, स्वावलम्बि र सचेत बनाउदै उनिहरुको आर्थिक तथा सामाजिक जिवनस्तर उकास्दै समग्र देशको गरिबि निवारणमा सहयोग पु्याउनु रहेको छ ।

लक्ष

यस संस्थाले आंैलाएका परिकल्पना र अभियानहरु तेकिएका कार्यक्षेत्रमा दुई देखि पाँच बर्ष भित्र पुरा गर्दै यस संस्था लाई रास्ट्रिय स्तरको बनाउने ।

 

उद्देश्य:

  1. निम्न स्तरको आय भएका गरिब तथा अति बिपन्न बर्गलाई बचत गर्न उत्प्रेरित गर्ने ।
  2. ब्यापारिक कृषिमा आधारित आधुनिक परियोजनाहरुमा लगानि गर्दै समाजमा बढी भन्दा बढी रोजगारिको सृजना गर्ने ।
  3. विदेशमा गई सिकेका ज्ञान तथा क्षमताहरु लाई स्वदेसमै उपयोग गर्न विदेशिएका युवाहरु लाई उत्प्रेरित गर्ने ।  
  4. आधुनिक प्राविधिक तथा ब्यवस्थापनको ज्ञान दिई कृषि तथा उत्पदलमुलक क्षेत्रमा गुणस्तरिय परिवर्तन ल्याउन आवस्यक वित्तीय सहयोग पु्याउने ।
  5. समाजमै एकिकृत ब्यवसायिक कृषि गर्न उत्सााहित गराउदै ग्रमिन उद्दमसिलताको विकास गर्न टेवा पु्याउने ।
  6. कृषि संग सम्बन्धित परियोजनाहरु जस्तै कोल्ड स्टोरेज, आधुनिक बधशाला, चिस्यानयुक्त ढुवानिहरु  स्थापनार्थ आवस्यक प्राविधिक तथा वित्तिय सहयोग पु्याउने ।
  7. कृषि उत्पादनहरुको समयसापेक्ष बजारभाउ पाउन क्ृmषि उत्पादन प्रशोधनका लागि विदेशबाट मेशिनरिहरुको निर्यातकालागि आवस्यक सल्लाह का साथै वित्तिय सहयोग पु्याउने ।
  8. नेपालमा कृषिलाइ सम्मानित पेशाका रुपमा स्थापित गर्न भरमज्दुर प्रयेत्न गर्ने ।

कार्यक्रम

हाम्रा कार्यक्रमहरु विधिवतरुपमा सञ्चालन भएको यहाँहरुलाई सहर्ष जानकारी गराउँछौं । 

FaceBook LikeBox