नमस्कार !  

यहाँहरुलाइ यस रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको संस्थागत वेबसाइट www.reliablemfi.com मा हार्दिक स्वागत छ । यस संस्थाको वारमो जानकारी लिन हाम्रो संस्थागत वेब श्रोत प्रयोग गर्नुभएकोमा म धेरै खुसी छु । आशा छ हामीले ग्रमिण क्षेत्रका गरीब तथा अति विपन्न समुदायको जिवन स्तर उकास्न गरेका प्रयासहरुमा याहाँ हरुको सहयोग रहिरहने छ ।

 

यस रिलायवल माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, रिलायवल फाइनान्स लिमिटेडको सब्सिडियरी कम्पनीको रुपमा बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोवार ईजाजतपत्रप्राप्त “घ” वर्गकोे संस्था हो ।


समाजमा रहेका गरिब तथा अति बिपन्न बर्गलाई आत्मनिर्भर, स्वावलम्बि र सचेत बनाउदै उनिहरुको आर्थिक, तथा सामाजिक जिवनस्तर उकास्दै देशको गरिबि घटाउन सहयोग पु्याउन यस संस्थाले आफ्नो तोकिएको कार्याक्षेत्रमा प्रमुख भुमिकानिभाउने आशा लिएका छौ ।

आजको दिनमा नेपालको ग्रामिण क्षेत्रमा भएको कृषि उत्पादनलाइ उपभोक्ता सम्म पुग्दा विचवा हरुकोे मनोमानी वजार नियन्त्रण हुदा समयसापेक्ष बजारभाउ पाउन हाल समाजमा रहेको दलालि प्रथा लाई अन्त्य गर्न फार्म टु फेमिलीको पाश्चात्य अबधारणालाई उपयोगमा ल्याउन समग्र चेनमा बित्तिय सेवाको पँहुचपुर्याउने प्रण गरेका छौ । तत् पश्चात समाजमा कृषि सम्मानित पेशाका रुपमा स्थापित हुने विस्वास लिएका छौ ।

 

यस संस्थालाई लघुवित्त क्षेत्रमा एउटा स्थापित वित्तीय संस्था वनाउने हम्रो प्रयासमा प्रतिवद्ध संचालक समिति, संस्थाले निर्दिष्ट गरेको लक्ष प्रप्तिका लागी भरमजदुर प्रयत्न सहित खटिएका कर्मचारीहरु, यस संस्था लाइ निर्दिष्ट  लक्ष प्रप्तीका लागी उचित सल्लाह तथा निर्देशन दिने नियमक निकाय तथा यस संस्था प्रति अपनत्व जनाई सेवा गर्ने अवसर दिनुहुने सम्पुर्ण संस्था सदस्य माहनुभावहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु । साथै भविस्यमा अझ बढी सेवा गर्ने अवसर दिनुहुन अनुरोध गर्दछु ।

 

धन्यवाद !

कार्यकारी प्रमुख

किरण कुँवर

Contact Address

रिलायवल माईक्रोफाईनान्स वित्तीय संस्था लिमिटेड
नारायण चोक, वेसिशहर
लम्जुङ्ग, नेपाल
फोनः ९७७–०६६–५२१२९५
फ्याक्सः ९७७–०६६–५२१२९६
ई–मेलः   This email address is being protected from spambots. You need JavaScript enabled to view it. , This email address is being protected from spambots. You need JavaScript enabled to view it.
वेभसाइटः www.reliablemfi.com

कार्यक्रम

हाम्रा कार्यक्रमहरु विधिवतरुपमा सञ्चालन भएको यहाँहरुलाई सहर्ष जानकारी गराउँछौं । 

FaceBook LikeBox